LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

कति बजे हेर्न मिल्छ न्यादीकाे रिजल्ट ?

काठमाडौं : न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत २ लाख ९ हजार २५० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ ।

कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएकामा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो ।

रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

यस आइपीओ कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको हो ।

यसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र

२% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी न्यादी हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ ।

यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/

बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर