LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

‘इन्शाल्लाह’ मा ऋतिक राेशनसँग आलिया भट्टको जोडी

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन्। यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन्।

यिनै सञ्जयले केही समय अगाडि ‘इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम अझै सुरु हुन सकेको छैन। सलमान पनि अन्य प्रोजेक्टमा व्यस्त छन्। सञ्जयले आलिया भट्टलाई लिएर ‘गंगुवाई कठियावाडी’ निर्देशन गरिसकेका छन् । उनी अहिले नेटफ्लिक्सका लागि ‘हिरामन्डी’ सिरिज बनाउने तयारीमा छन्।

यसपश्चात उनी रोकिएको प्रोजेक्ट ‘इन्शाल्लाह’ को काम अगाडि बढाउने तयारीमा छन् । उनले फिल्मका लागि ‘गुजारिस’ मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन्।

पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ । आलिया पछिल्लो समय सञ्जयको निकट अभिनेत्री बन्दैछिन् भने ऋतिकलाई पनि लभस्टोरी मन परेको छ ।

पछिल्ला फिल्महरूमा सञ्जयको कन्टेन्ट बलियो देखिएको छ। यसैले गर्दा पनि बलिउडका एक्टर र एक्ट्रेस सञ्जयसँग काम गर्न चाहन्छन । ऐश्वर्या राय, माधुरी दीक्षित, दीपिका पादुकोणको करियरमा सम्झिने फिल्म सञ्जयले दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर