LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

दलालको माध्यमबाट बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि…

काठमाडौं। कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ ।

यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो । ती कलगर्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए । दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै विवाद र हातपात समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उजुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर