LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

किसानलाई क्षतिपूर्ती देऊ : पूर्व मन्त्री अरगरिया

टुडेवाणी,कार्तिक ५ गते। 

जनकपुरधाम । पूर्व मन्त्री उमाशंकर अरगरियाले पछिल्लो दुई दिनको लगातारको बर्षाले किसानलाई पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

मुश्लिम धर्मका गुरु मोहम्द पैगम्बरको जन्म दिनको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अरगरियाले प्रदेश र संघीय सरकारसँग किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

‘किसानको ठूलो क्षति भएको छ । ती सबैलाई क्षतिपूर्ती दिदैं मृतकका परिवारलाई समेत क्षतिपूर्ती उपलब्ध गराउन माग गर्छु’ उनले भने ।

प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले समाजमा सद्भाव र भाइचारा कायम गर्दै सबैलाई अघि बढ्नुपर्नेमा जोड् दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर