LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

प्रहरी एक्सनमा,सिडीओ कार्यालय घेर्न पुगेका जनमतका कार्यकर्तामाथि लाठीचार्ज

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम :  जनमत पार्टीका नेता कार्यकर्ता  पक्राउ गरिएका कार्यकता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेर्न पुगेका जनमतका कार्यकतामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

जनमत पार्टीले आह्वान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तरगत जनमतका कार्यकर्ताहरु बांसका फटठा(भाटा)सहित विरोधी रयाली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर विहिवार जस्तै उछृंखल गतिविधी हुन नदिनकालागि तमतयार वसेका सुरक्षाकर्मीहरुले जनमतका कार्यकर्ताहरुलाई लाठी चार्ज गरेर भगाएका छन । प्रहरीले जनमत कार्यकताले बोकेका व्यानर तथा बांसका फटठाहरु पनि खोसेका छन ।

यता प्रहरीले जिल्ला प्रशासन जाने बाटो पुर्णतया जाम गरेका छन भने पुनः झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुइ गुणा सुरक्षाकर्मी परिचालन गरिएको छ । कदम चौक देखि मालपोत र विद्यापती चौक देखि सिडीओ कार्यालय सम्मको स्थिती तनाव पुर्ण रहेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर