LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रहरी एक्सनमा,सिडीओ कार्यालय घेर्न पुगेका जनमतका कार्यकर्तामाथि लाठीचार्ज

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम :  जनमत पार्टीका नेता कार्यकर्ता  पक्राउ गरिएका कार्यकता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेर्न पुगेका जनमतका कार्यकतामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

जनमत पार्टीले आह्वान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तरगत जनमतका कार्यकर्ताहरु बांसका फटठा(भाटा)सहित विरोधी रयाली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर विहिवार जस्तै उछृंखल गतिविधी हुन नदिनकालागि तमतयार वसेका सुरक्षाकर्मीहरुले जनमतका कार्यकर्ताहरुलाई लाठी चार्ज गरेर भगाएका छन । प्रहरीले जनमत कार्यकताले बोकेका व्यानर तथा बांसका फटठाहरु पनि खोसेका छन ।

यता प्रहरीले जिल्ला प्रशासन जाने बाटो पुर्णतया जाम गरेका छन भने पुनः झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुइ गुणा सुरक्षाकर्मी परिचालन गरिएको छ । कदम चौक देखि मालपोत र विद्यापती चौक देखि सिडीओ कार्यालय सम्मको स्थिती तनाव पुर्ण रहेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर