LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

आफ्नो वडाका किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम :  जनकपुरधामका एक वडा अध्यक्ष  बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले मौसमी वर्षाका कारण अन्नबालीमा क्षति पुगेका आफ्ना वडाका किसानहरुलाई राहत दिने घोषणा गरेका छन्।

अन्नबालीमा भएको क्षतिको उपयुक्त विवरण  संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षति पुर्ति वापत दिने व्यवस्था मिलाएको वडा अध्यक्ष सत्रुधन  साहले बताए ।

उनले कार्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको बताउँदै आफ्नो वडामा विवरण संकलन गरी प्रति किसानहरुलाई प्रतिकठ्ठा ४० किलो धान उपलब्ध गराउने घोषणा गरेका छन् । वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर