टुडेवाणी,कार्तिक ५ गते ।
जनकपुरधाम : जनकपुरधामका एक वडा अध्यक्ष बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले मौसमी वर्षाका कारण अन्नबालीमा क्षति पुगेका आफ्ना वडाका किसानहरुलाई राहत दिने घोषणा गरेका छन्।
अन्नबालीमा भएको क्षतिको उपयुक्त विवरण संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षति पुर्ति वापत दिने व्यवस्था मिलाएको वडा अध्यक्ष सत्रुधन साहले बताए ।
उनले कार्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको बताउँदै आफ्नो वडामा विवरण संकलन गरी प्रति किसानहरुलाई प्रतिकठ्ठा ४० किलो धान उपलब्ध गराउने घोषणा गरेका छन् । वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने भएका छन् ।