LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

न्यादी हाइड्रोपावरको IPO बाँडफाँड,यी ४ वेबसाइटबाट हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ ।

२२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दिएका २० लाख ३१ हजार ८८८ जना आवेदकको हात रित्तो भएको कयापीटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/ बिकी प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/#/login

https://nhl.com.np/

प्रतिक्रिया
सम्बन्धित खवर