LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बेमौसमी वर्षाले धान बालीमा वर्षाले क्षति पुर्याएकाले किसानलाई राहत दिन्छौं – मन्त्री यादव

  • टुडेवाणी,

जनकपुरधाम । बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ ।

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पुर्याएको क्षतिको विवरण संकलन सुरु भइसकेको जानकारी दिदैं उनले विवरण संकलनमा सहयोग गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

धान काटेर भित्र्याउन राखेको पाजा (पसही) वर्षाको पानीले खेतमै डुबेपछि किसानहरु आर्थिक र मानसिक तनाबमा परेको मन्त्री यादवले बताए । समस्यामा परेका किसानलाई जहिल्यै सहयोग गर्न तयार हुने उनले बताए ।

‘मेहनत र लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ,’ उनले भने, ‘किसानको यो पीडा हामीले बुझेका छौं । प्रदेश सरकार किसानको साथमा छ । क्षतिको विवरण आएलगत्तै उचित क्षतिपुर्ति उपलब्ध गराउछौं ।’

प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको थियो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण करिब २५ प्रतिशत धानबालीमा क्षति पुर्याएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर