LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

बेमौसमी वर्षाले धान बालीमा वर्षाले क्षति पुर्याएकाले किसानलाई राहत दिन्छौं – मन्त्री यादव

  • टुडेवाणी,

जनकपुरधाम । बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ ।

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पुर्याएको क्षतिको विवरण संकलन सुरु भइसकेको जानकारी दिदैं उनले विवरण संकलनमा सहयोग गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

धान काटेर भित्र्याउन राखेको पाजा (पसही) वर्षाको पानीले खेतमै डुबेपछि किसानहरु आर्थिक र मानसिक तनाबमा परेको मन्त्री यादवले बताए । समस्यामा परेका किसानलाई जहिल्यै सहयोग गर्न तयार हुने उनले बताए ।

‘मेहनत र लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ,’ उनले भने, ‘किसानको यो पीडा हामीले बुझेका छौं । प्रदेश सरकार किसानको साथमा छ । क्षतिको विवरण आएलगत्तै उचित क्षतिपुर्ति उपलब्ध गराउछौं ।’

प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको थियो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण करिब २५ प्रतिशत धानबालीमा क्षति पुर्याएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर