LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

खोप उपलब्ध गराउने विश्वव्यापी अभियानमा भारत ठूलो साझेदार, डब्ल्यूएचओद्वारा प्रशंसा

काठमाडौं । भारतले बिहीबार कोरोना भ्याक्सिनेशनको १०० करोडभन्दा धेरै डोज लगाउने लक्ष्य हासिल गरेकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस गेब्रेयेससले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

भारतको यस ऐतिहासिक क्षणमा डब्ल्यूएचओ प्रमुखले भने, ‘भारतमा बिना कुनै पक्षपातको टीकाकरणको लक्ष्य हासिल भएको छ। कोरोनाप्रति आफ्नो संवेदनशील जनसंख्यालाई बचाउनु र पक्षपातबिना टीकाकरणको लक्ष्यलाई हासिल गर्ने प्रयासहरूलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, वैज्ञानिकहरू र स्वास्थ्यकर्मीलाई बधाई ।’

भारतले बिहीबार देशमा कोरोना भ्याक्सिन १०० करोड डोज दिइने लक्ष्यलाई हासिल गरेको छ। यति मात्र होइन, विश्वका गरीब देशहरूसम्म भ्याक्सिन पुऱ्याउने डब्ल्यूएचओको अभियानमा पनि भारत सबैभन्दा ठूलो साझेदारहरूमध्ये एक रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर