LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

मेयर, साँसद र मन्त्रीलाई यस्तै जनकारवाही हुन्छ : सिके राउत

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले विहिबार जनकपुरमा भएको जस्तै जनकारवाही मेयर, वडाध्यक्षलाई मात्र नभई साँसद र मन्त्रीलाई पनि हुने चेतावनी दिएका छन् ।

डा. सिके राउतको सचिवालय पेजबाट जारी भएको डिजिटल वक्तत्वमा डा. राउतले भ्रष्टाचारी गर्ने र आम नागरिकलाई दुःख दिने सार्वजनिक निकायका व्यक्तिलाई जनकारवाही गरिने बताएका छन् ।

उनले – ‘जनतामा धेरै डिमान्ड छ मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद् र मन्त्रीको पनि जनकारबाही हुनेछ। जरा सब्र तो करो और देखते जाओ सुने अनुसार खासमा हिजो जनताले मेयरलाई नै खोजेका थिए, तर मेयर भागेर लुके ।,’ भनेर भनेका छन् ।

बिहीवार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई नै जन–कारबाहीका लागि प्रदर्शनकारीले खोजेको भएपनि उनी लुकेर भागेपछि संघीय खानेपानी तथा ढल आयोजनाका कर्मचारीलाई जनकारवाही गरिएको बताएका छन् ।- न्यूज ब्यूरो

 

प्रतिक्रिया
सम्बन्धित खवर