LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मेयर, साँसद र मन्त्रीलाई यस्तै जनकारवाही हुन्छ : सिके राउत

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले विहिबार जनकपुरमा भएको जस्तै जनकारवाही मेयर, वडाध्यक्षलाई मात्र नभई साँसद र मन्त्रीलाई पनि हुने चेतावनी दिएका छन् ।

डा. सिके राउतको सचिवालय पेजबाट जारी भएको डिजिटल वक्तत्वमा डा. राउतले भ्रष्टाचारी गर्ने र आम नागरिकलाई दुःख दिने सार्वजनिक निकायका व्यक्तिलाई जनकारवाही गरिने बताएका छन् ।

उनले – ‘जनतामा धेरै डिमान्ड छ मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद् र मन्त्रीको पनि जनकारबाही हुनेछ। जरा सब्र तो करो और देखते जाओ सुने अनुसार खासमा हिजो जनताले मेयरलाई नै खोजेका थिए, तर मेयर भागेर लुके ।,’ भनेर भनेका छन् ।

बिहीवार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई नै जन–कारबाहीका लागि प्रदर्शनकारीले खोजेको भएपनि उनी लुकेर भागेपछि संघीय खानेपानी तथा ढल आयोजनाका कर्मचारीलाई जनकारवाही गरिएको बताएका छन् ।- न्यूज ब्यूरो

 

प्रतिक्रिया
सम्बन्धित खवर