LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत

५ कात्तिक । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दैछ । दिउँसो १  बजे बस्ने बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ । शुक्रबारको बैठकमा छलफल गरेर मतदान भने केही दिन पर सार्ने सत्ता पक्षको तयारी छ ।

बिहीबार बसेको बाग्मती प्रदेशको बैठकले विश्वासको मतसम्बन्धी छलफल भए पनि मतदान गर्ने मिति एक साताका लागि सरेको थियो । प्रदेश १ मा शुक्रबार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतबार मतदान हुनसक्छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री हिक्मतकुमार कार्कीले दशैं मनाउन गएका सबै प्रदेशसभा सदस्यहरु आइनसकेका कारण मतदान केही दिन पर सर्न सक्ने बताए । ‘वर्षाका कारण पहाडी जिल्लाको बाटो बिग्रिएका छन्,’ कार्कीले भने, ‘दशैं मनाउन जानु भएका सबै सांसद आइपुग्नु भएको छैन ।’

कार्कीका अनुसार अनुसार शुक्रबार संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल हुनेछ । छलफल पनि आजै हुनेछ ।

बैठकको कार्यसूची तय गर्नका लागि साढे १० बजे सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकअघि नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।

प्रतिपक्षी दलका नेताले शुक्रबार नै प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार नै प्रक्रिया टुङ्ग्याउनु पर्ने बताए । ‘आजैको बैठकमा मतदान गर्नुपर्ने हाम्रो अडान छ,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी गठबन्धनले कुरा राख्छ ।’

संसद छलेर नियुक्ति

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री आचार्यले बोलाएको हिउँदे अधिवेशनको दोस्रो बैठक असोज २४ गते बसेको थियो । बैठकपछि सभामुख भण्डारीले असोज २५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराए । मुख्यमन्त्री आचार्यले दशैं मनाएर मात्रै विश्वासको मत लिने इच्छा व्यक्त गरेपछि सभामुख भण्डारीले सचिवालय मार्फत सूचना प्रकाशित गर्दै कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्यले संसद छलेको प्रतिपक्षी दलहरुको आरोप छ । प्रतिपक्षी दलहरुले असोज २५ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने बताएका थिए । तर मुख्यमन्त्री आचार्यले संसदको बैठक सारेर धमाधम राजनीतिक नियुक्ति गरेका छन् ।

उनले प्रदेश सरकारले पर्यटन बोर्ड, खेलकुद बोर्ड, सञ्चार प्रतिष्ठानमा धमाधम नियुक्ति दिएका हुन् । प्रदेश खेलकुद बोर्डले बुधबार मात्रै १४ वटै जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ । बजेट पनि आफू अनुकुल वितरण गर्न खोजेको प्रतिपक्षको आरोप छ ।

९३  प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार  अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

प्रदेश १ को विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ जना सांसद छन् ।

गठबन्धानले  नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर