LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लहानमा सिके राउतको पुतला जलाइयो, प्रदेश २ बाट लखेट्ने चेतावनी

सिरहा,  ५ कार्तिक गते ।

सिरहाको लहानमा जनमत पार्टीका अध्यक्ष सिके राउत विरुद्ध प्रदर्शन भएको छ ।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी दुव्र्यबहार गरेको विरुद्धमा सिके राउत विरुद्ध प्रर्दन गर्दै उनको पुतला समेत युवाहरुले जलाएका छन् ।

लहान स्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले डा.सिके राउतको पुतला दहन गरेका हुन् ।

सिके राउत मुर्दा वाद ,मानव अधिकार हन्न गर्न पाईदैन्न ,जनमत पार्टी मुर्दावाद लगायतका नारा लगाउँदै राउतको पुतला जलाएका हुन् ।

पुत्लादहनमा उपस्थित युवाहरुले सिके राउतलाई मधेसबाट लखेटने चेतावनी समेत दिएका छन् ।

गुण्डा शैलीमा निमित प्रमुख कुशवाहामाथि भएको अमानवीय व्यबहार नागरिक अधिकार र अजादीको एजेन्डा लिएर चर्चामा आएका सिके राउतले आफनो एजेन्डा माथी दागलगाएको उनीहरुको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर