एक १९ वर्षकी किशोरीले दावी गरेकी छिन् कि जब उनी रातमा एक युवकको कोठामा गइन् त्यही बेला अचानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले करणी गरे । घटना साइप्रसको हो, जहाँ बेलायती कशोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । किशोरीले आफू एक युवकसँग कोठामा भएको स्वीकार गरेकी छिन् ।
किशोरीको उजुरीपछि सबै १२ जना युवकविरुद्ध करणीको मुद्दा चलाइएको छ । आरोपी सबै युवकहरु इजरायलका हुन् । किशोरीका अनुसार ती युवकहरुले उनी बे’होस भएपछि मात्र छोडेका थिए । किशोरीको श’रीरमा चो’टका कैयौं निशान पाइएका छन् । किशोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा रक्स होटलमा बसेकी थिइन् ।
घटना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजरायली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई छोडेनन् । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका युवकसँग भने शा’रीरिक सम्बनध बनाइसकेकी थिइन् ।
पुलिसले सबै युवकहरुलाई पक्राउ गरेको छ । युवकहरुलाई बिहीबार अदालतमा पेश गरियो । पुलिसले डिएनएको जाँच रिपोर्ट पर्खिरहेको छ । स्थानीय मिडियामा एक युवक र पीडित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ ।
पुलिसका अनुसार किशोरी नयाँ होटलमा सरेकी छिन् र उनलाई काउन्सिलरको सुविधा उपलब्ध गराइएको छ । बेलायती दूतावासले पनि किशोरीसँग सम्पर्क गरेको छ ।
यो पनि पढ्नुहोस : सुतिरहेकी महिलालाई विमानभित्रै छोडेर गए चालक दलका सबै सदस्य, एयरलाइन्सले माग्यो माफी
एयर क्यानडाकी एक यात्रीले चालक दलका सदस्यको गल्तीका कारण निकै खराब अनुभवबाट गुज्रनु पर्यो । महिला क्यूबिकबाट पियर्सन इन्टरनेशनल एयरपोर्ट जाँदै थिइन् । विमानले उडान भरेपछि ती महिला निदाइन् ।
जब उनको आँखा खोलियो तब विमानभित्र पूरा अँध्यारो थियो । त्यहाँ न यात्री थिए, न चालक चलका सदस्य । विमान पार्किङ एरियामा थियो । यो पूरा घटनाक्रम महिलाका एक साथीको फेसबुक पोष्टमार्फत् सोमबार चर्चामा आयो । एयरलाइन्सले यो घटनामाथि खेद जताएको छ ।
एमएसएन न्यूजका अनुसार टिफनी एडम्सले यो महिनाको सुरुमा उक्त विमानमा गरेको यात्राबारे आफ्नी साथीलाई बताएकी थिइन् । उनकी साथीले एयर क्यानडाको फेसबुक पेजमा यसबारे जानकारी दिइन् । उनले लेखिन्, ‘यात्राको क्रममा एडमको फोनको ब्याट्रि पनि सिद्धियो । यो उनका लागि एउटा खराब सपनाजस्तो थियो ।
आखिर यस्तो कसरी हुनसक्छ भनेर उनी सोचिरहेकी थिइन् । उनी राम्रोसँग सास फेर्न र आफूलाई प्या’निक अ’ट्याकबाट बचाउने कोसिस गरिरहेकी थिइन् । एडमले त्यहाँ भएको हरेक युएसबी पोर्टबाट आफ्नो फोन चार्ज गर्ने कोसिस गरिन् तर विमानको बिजुली बन्द भएका कारण उनले यस्तो गर्न सकिनन् ।
एडमका अनुसार ककपिटमा एउटा टर्च भेटेपछि उनी विमानको ढोका खोल्न सफल भइन् । तर ढोका जमिनभन्दा करिब ५० फिट माथि भएको देखिन् । यस्तो स्थितीमा उनले टर्चबाट समान ल्याउने गाडीका ड्राइभरको ध्यान आफूतर्फ खिचिन् । ती ड्राइभरले एडमलाई विमानबाट निकाल्न मद्दत गरे ।
एडमले ड्राइभरले पनि आफूलाई देखेर चकित भएको बताइन् । विमानका चालक दलका सदस्यले एक्ली महिला यात्रीलाई कसरी एक्लै छोड्न सकेको होला भनेर उनीहरुबीच चर्चा भयो । एयर क्यानडाले यो घटनाका लागि माफी मागेको छ ।
यसबारे एडमले भनिन्, ‘यो घटनापछि म निदाउन सकिरहेको छ । सुत्न खोज्दा झसङ्ग ब्युँझिने गर्छु ।’एयर क्यानडाले सिटिभी न्यूजसँग भन्यो, ‘हामी यो मामलामा अनुसन्धान गरिरहेका छौं । योभन्दा बढी जानकारी दिन सकिँदैन ।