LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बाढी पहिरोपीडितलाई राहत, घर बनाउन ५ लाखसम्म सहयोग उपलब्ध गराउने

काठमाडौं :  सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र सोभन्दा बढीको मृत्यु भए प्रति मृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।

उद्दार कार्यका लागि निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री खाँणले जानकारी दिनुभयो ।विपद् व्यवस्थापन समितिले बुधबार बिहान नै घरबारविहीन परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर