LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

सिके राउतका ६२ कार्यकर्ता पक्राउ, कानून बमोजिम कारवाही गरिने समेत प्रतिबद्धता

टुडेवाणी,

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न गरी जनकपुर बजारमा घुमाएको आरोपमा प्रहरीले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

घटना लगतै शुरुमा प्रहरीले १०/१५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि आफ्ना कार्यकर्ता सहकर्मीहरुलाई रिहाईको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेकाहरुलाई समेत गरी यो समाचार लेख्दासम्म सिके राउतका ६२ जना कार्यकर्तालाई पक्राउ गरेका छन ।

पक्राउ परेकाहरुलाई कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ । घटना पश्चात लोकपुकारसँग कुरा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले एक राष्ट्र सेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुव्र्यवहार आपतिजनक, अमानीय र अपराधिक घटनको संज्ञा दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर