LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिके राउतका ६२ कार्यकर्ता पक्राउ, कानून बमोजिम कारवाही गरिने समेत प्रतिबद्धता

टुडेवाणी,

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न गरी जनकपुर बजारमा घुमाएको आरोपमा प्रहरीले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

घटना लगतै शुरुमा प्रहरीले १०/१५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि आफ्ना कार्यकर्ता सहकर्मीहरुलाई रिहाईको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेकाहरुलाई समेत गरी यो समाचार लेख्दासम्म सिके राउतका ६२ जना कार्यकर्तालाई पक्राउ गरेका छन ।

पक्राउ परेकाहरुलाई कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ । घटना पश्चात लोकपुकारसँग कुरा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले एक राष्ट्र सेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुव्र्यवहार आपतिजनक, अमानीय र अपराधिक घटनको संज्ञा दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर