LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

दिनमा कति चोटी ईयरफोन लगाउने बानी छ ? ईयरफोन बनिरहेको छ मृत्युको कारण

काठमाडौँ । गाडीमा यात्रा गरिरहेकाहरु होस् वा मर्निङ वाक गरिरहेकाहरु, कुनै कामधन्दामा लागिरहेकाहरु होस् वा कलेज धाइरहेकाहरु । धेरैजसो कानमा ईयरफोन ठोसेर एकसूरमा केही सुनिरहेका हुन्छन् ।कतिपय त ईयरफोन लगाएर सवारीसाधन पनि हाँकिरहेका हुन्छन् । यसको कारणले दिनप्रतिदिन दुर्घटना भइरहेका छन् ।सवारी चलाउँदा ईयरफोनको प्रयोग गर्नेहरु आफुमात्र दुर्घटनाको जोखिममा छैन, उनीहरुको कारण अरुले यात्रु, बटुवा वा सवारी चालकले समेत ज्यान गुमाउनुपर्ने अवस्था छ ।

यस्ता दुर्घटनाहरुलाई हामी आफैले निमन्त्रणा दिइरहेका छौं । ईयरफोनको प्रयोग गर्दा हामी सचेत हुनुपर्छ । यस्तो अवस्थामा ईयरफोनको प्रगोग गर्दै नगर्ने त ? कि यसको अरु कुनै विकल्प होला ?हामीले केही सावधानी अपनाएमा संभावित दुर्घटनाहरुलाई सजिलै टार्न सक्छौं । त्यसैले यी कुराहरुलाई सँधै ध्यान दिनुहोस्।

१.सडकमा हिँड्दा हामी एक जिम्मेवार नागरिकको भूमिकामा हुन्छौ । संगीत सुन्ने वा फोनमा कुरा गर्ने हाम्रो व्यक्तिगत मामिला हो तर सवारी हाँक्दा यसको प्रयोग गरेर अरुको ज्यानसँग खेल्ने कुनै हक हामीलाई छैन । यो गैरकानुनी, गैरजिम्मेवार र असंयमित काम हो ।

२.सडकमा सवारी चलाउँदै गर्दा वा हिँड्दै गर्दा कुनै यस्ता ईयरफोन लगाएर सवारी चलाइरहेको वा बाटोकाट्दै गरेको व्यक्तिलाई देख्नुभयो भने तुरुन्त रोकेर उसलाई त्यसो नगर्न भन्नुहोस् र सामाजिक जिम्मेवारीको महसुस गराउनुहोस् ।

३.हाम्रो एउटा सानो भुल वा जीवनशैली कसैको लागि मृत्युको कारण बन्न सक्छ । त्यसैले सडकमा आफूसँगै अन्य नागरिकहरुको सुरक्षाको पनि ध्यान राख्नुपर्छ ।

४.ईयरफोन र हेडफोनमासानो ध्वनी पनि ठूलो र स्पष्ट सुनिन्छ किनभने कानको धेरै नजिक हुनाले यो ठूलो भोलुममा लगाँउदा हाम्रो हियरिङ लस हुन सक्छ । ईयरफोन लगाउनै परेमा कम आवाजमा त्यसलाई राख्न सकिन्छ । त्यस्तै घर भन्दा बाहिर सडकमा हिँड्दा इयरफोन प्रयोग नगरेकै वेश ।

५. इयरफोनको ध्वनीले वरिपरिको होहल्लाबाट ध्यान हटाउँछ । ईयरफोनबाट आएको भन्दा अर्को ध्वनी हामीले सुन्न सक्दैनौं । यस्तोमा वरिपरिको खतरा, विशेषगरि हर्नको आवाज, नजिकै आइरहेको गाडी वा अरु मानिसहरुको चेतावनी जस्ता आवाजहरु या त कानसम्म पुग्दैन वा त यति विस्तारै महसुस हुन्छ जसले हाम्रो ध्यान खिच्न सक्दैन । नतिजा, सडक दुर्घटना हुन्छन् ।

६.संगीत सुन्ने सौख छ र अक्सर गीतसंगीत सुन्नको लागि ईयरफोनको प्रयोग गरिन्छ भने २ घन्टाभन्दा धेरै समयसम्म तिव्र आवाजलाई नसुनौ । यसले कानमा धेरै क्षति पुर्याउन सक्छ ।

७। आफ्नो ईयरफोन अरुलाई प्रयोग गर्न दिनु हुँदैन र अरुको ईयरफोन पनि आफूले प्रयोग नगरौं । यसले कानमा ब्याक्टेरियल इन्फेक्सन वा अन्य समस्याको जोखिमलाई कम गर्छ ।

८.इएनटी विशेषज्ञहरुका अनुसार कानले अनावश्यक आवाजलाई पर्दासँग ठोक्काएर फिर्ता पठाइदिन्छ । तर ईयरफोन प्रयोग गर्दा मल्टिपल फ्रिक्वेन्सीका आवाज कानको पर्दासँग ठोकिन्छ तर पनि फेरि फिर्ता कान भित्र नै घुमिरहन्छ जसले हाम्रो कानको नसा कमजोर हुन्छ ।

९.लामो समयसम्म इयरफोनको प्रयोग गर्नुहुन्छ भने यसले कानको नशालाई असर गर्छ । यो नशाले इलेक्ट्रिक इम्पल्सको आधारमा काम गर्छ र र धेरै समयसम्म ईयरफोनको प्रयोग गर्नाले नशाले काम गर्छ छोड्छ ।

१०. ईयरफोनको अत्याधिक प्रयोगको कारण धेरै युवाहरुमा हियरिङ लस अर्थात कान नसुन्ने समस्या देखिन थालेको छ । अडियोमेट्रीको माध्यमले गरिएको परिक्षणमा ईयरफोनको धेरै प्रयोग गर्ने २५ देखि ३० प्रतिशतलाई यो समस्या भएको पाइएको छ । कानको मुख्य नशा ड्यामेज हुने कारणले यसको उपचार सम्भव छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर