LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अपाङ्ग बौना दासको सौचालय सहितको घर हस्तान्तरण

राजविराज : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित तोपा बजारमा आज तोपा बजार यूथले आयोजना गरेको अति शारीरिक अपांग बौना दास ज्यु को सौचालय सहितको घर हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जसपा पार्टी नेपालको केन्द्रीय अध्यक्ष एबम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव ज्यू को प्रमुख अतिथी , केन्द्रिय कार्यकारिणी सदस्य एबम राष्ट्रिय सभा सदस्य माननिय मृगेन्द्र कुमार सिंह यादव ज्यूको विशिष्ट अतिथी , प्रदेश २ को अर्थ मन्त्री शैलेन्द्र साह , केन्द्रिय कार्यकारिणी सदस्य माननिय मनिष सुमन् , मा. नेत्रविक्रम साह , सप्तरीको प्रमुख जिल्ला अधिकारी , युवा जिल्ला नेता निरज मुक्ति , प्रदेश संचार प्राधिकरण को प्रदेश अध्यक्ष श्यामसुन्दर यादव, सप्तरी युथ नेपालको विष्णु यादव,ई.सन्जिब नारायण यादव मोहन यादव पत्रकार अहित लगायतको उपस्थितिमा घर हस्तान्तरण गरेको हो।

अपांग बौना दासले खुसी व्यक्त गर्दै घर तथा शौचालय निर्माण समाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादव लगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एबम पहल समाजको लागि सराहनीय एबम उदाहरणिय सम्पुर्ण सहयोगी हातहरुलाई सलाम एबम हार्दिक अभार व्यक्त गरेको ई शैलेन्द्र यादवले जानकारी गराएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर