LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

धनुषामा साठी करोडको लागतमा राइस मिल स्थापना हुँदै

धनुषाको बटेश्वर गाउँपालिका –५, बटेश्वर करिब ६० करोड रुपैयाँको लागतमा निर्माण हुने अत्याधुनिक राइस मिलको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका ढल्केवरका युवा उद्यमी मनोजकुमार साह, नितिस साह र निखिल साहले बुधबार संयुक्तरुपमा मिलको शिलान्यास गर्नुभएको हो ।

दस विघा जमिनमा ६० करोड रुपैयाँका लागतमा अत्याधुनिक जय नरसिङ्ग एग्रो प्रोसेसिङ्ग प्राइभेट लिमिटेड राइस मिल निर्माण हुने युवा उद्यमी मनोजकुमार साहले बताउनुभयो । उहाँले यहाँ स्थापना गर्न लागेको राइसमिलबाट दैनिक दुई सय टन चामल उत्पादन गर्नसक्ने क्षमताको हुने जानकारी दिनुभयो ।

आउँदो असार महिनासम्म राइस मिल सञ्चालनमा आइसक्नेछ । मिलमा कुटान र पेलानीको कामलगायत धान खरिद समेत गर्न सञ्चालक साहले भन्नुभयो । शिलान्यास कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साहसहितको उपस्थित थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर