LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

बंगलादेश विरुद्ध वीरगंजमा प्रर्दशन, शेख हसिनाको पुत्ला जलाइयाे

वीरगंज । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दुमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगंजमा प्रदर्शन भएकाे छ । विश्व हिन्दु परिषद नेपाल पर्साकाे आयाेजनामा वीरगंजमा हिन्दु युवाहरुले प्रदर्शन गर्नुकाे साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन समेत गरेका हुन् ।

बंगलादेशमा निरन्तर हिन्दु माथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै उनको विरोध गर्दै प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा पुत्ला दहन गरेका हुन ।

हिन्दुमाथि भएको घटना प्रति आक्रोशित परिषद तथा हिन्दु समाजका युवाहरुले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दुलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो । माईस्थानबाट निस्केकाे विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुत्ला दहन गरेका गरिएकाे थियाे ।

प्रदर्शनमा सहभागिहरुले हिन्दुमाथीकाे दमन बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयाेग खारेज गर, इस्लामिक आतन्क बन्द गर, जय श्रीराम लगायतका चक्राे नाराहरुले लगाएका थिए ।

हिन्दु माथि भईरहेको आक्रमण र मठ मन्दिरमा भईरहेको तोडफोड तथा आगजनि नियन्त्रणमा नलिए त्यसको परिमाण भ्यावह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनी समेत दिए । कोणसभामा बोल्दै हिन्दु युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दु तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए ।

उनले भने, हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दुलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दुपनि सुतिरहेको छैन यसको विकल्प निकाल्ने चेतावनी समेत उनले दिए ।

हामी हिन्दुका छोरा हौं कदापी कसैको अहित गर्दै नौ तर बंगलादेशमा जुन प्रकारको हिन्दु माथि भईरहेको हिंसाले पुरै विश्वको मानवता माथिको कलंक हो । युवा नेता निरन्जन साहले भने, ‘बंगलादेशमा हिन्दु माथि भईरहेको हिंसा शेख हसिनाले नरोके नेपालका रहेको अल्पसंख्यक मुस्लिमलाई पनि हामी कदापी छोडने वाला छौनौ ।’

मुस्लीम आतंकबाद रोक्नु पर्छ होईन भने, हामी पनि नेपालमा रहेको मुस्लिमको मस्जिद, मदर्शामा आक्रमण ग¥यो भने के हुन्छ ? शेख हसिनाले कल्पना गर्नुपर्छ उनले भने, हामी कसैको अहित गर्न खोजेका छैनौ, तर हाम्रो हिन्दु समाज माथि भईरहेको हिंसा नरोकिए यहाँ पनि अहित हुन सक्छ ।

विरोध सभामा युवा नेता प्रकाश शर्माले पनि बंगलादेशका प्रधानमन्त्रीले नै हिन्दुमाथि हिंसा गराईरहेको आरोप लगाए । उनले भने, मुस्लिम आतंकवादीले अल्पसंख्यक हिन्दुमाथि गरीरहेको हिंसा शेख हसिनाले नरोको एसको परिमाण नराम्रो हुने चेतावनी समेत दिए ।युवा नेता मनोज गुप्ताले समेत बंगलादेशमा भईरहेको हिंसा रोक्न नेपालमा बंगलादेशी बस्तुविक्री वितरणमा रोक लगाउँनु पर्ने माँग गरे । उनले भने, हामी हिन्दु बंगलादेशमा सुरक्षित छैनौ भने, उनीहरुको मालसमान खरीद गरे के बंगलादेशी मुस्लिम आतंकवादीलाई पाल्ने पोस्ने काम गर्ने ? बंगलादेशी मालसमान विक्री वितरणमा रोक सहित नेपालमा हसिनालाई प्रवेशमा रोक समेत लगाउँने चेतावनी उनको छ ।

विरोध प्रर्दशनमा हिन्दु युवा नेता सन्तोष गुप्ता, राहुल शर्मा, संजीव साह, राजा गुप्ता लगायतका हिन्दु युवाहरुको सहभागिता रहेको थियो । उनीहरुकोले बंगलादेशमा भईरहेको घटनाको विरोधमा बिहिबार ज्ञापन पत्र बुझाउने र काठमाण्डौमा रहेको बंगलादेशी दुतावास घेराउ गर्ने चेतावनी समेत उनीहरुले दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर