LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

उद्धारमा सशस्त्र प्रहरीको सक्रियता

काठमाडौं : झापा जिल्लाको बिभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीले डुबानमा परेका करिब २०० घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा जुटेको थियो।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका-७, हिक्मतपुरस्थित मोहना नदीमा पानीको बहाव बढेर डुबानमा परेका करिब ७५ घरधुरीको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हिक्मतपुरबाट खटिएको टोली उद्धार गरेको जनाएको छ। सुनसरी जिल्लाको वर्जु गाउँपालिका-३ फरामचोकस्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

कञ्चनपुरको वेलौरी नगरपालिका-२ स्थित खैरेनीमा बाढीले तीन वटा घर डुबानमा परेको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-८ स्थित खुटिया खोलाको बीचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ। सोही नगरपालिका-९ बस्ने ४५ वर्षीय मानबहादुर थापा र ४२ वर्षीया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बीचमा फसेका थिए।

डडेलधुरा जिल्लाको परशुराम नगरपालिका-४ स्थित रंगुन खोलाको बीचमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ। सोही ठाउँ बस्ने पाँच जना धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गइ खोलाको बीचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट परिगाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरी उनिहरुको सकुशल उद्धार गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर