LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम जादैँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरी भौतिक तथा मानविय क्षति भएको छ । खासगरी सुदूरपश्चिम प्रदेश निकै प्रभावित भएको छ । प्रधानमन्त्री देउवा बिहीवार सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटी, डडेल्धुरा, बझाङ, कञ्चनपुर र कैलाली क्षेत्रको अवलोकन गर्ने कार्यतालिका रहेको छ । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक आफनो गृह प्रदेश आउन लागेका हुन् ।

बिहीवार धनगढीमा बस्ने र शुक्रवार कैलालीको दक्षिणी भेग टिकापुर भजनी लागायतको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर