LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त

काठमाडौं । न्यु क्यासल युनाइटेडका मुख्य प्रशिक्षक स्टिभ ब्रुज बर्खास्तीमा परेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार टोटेनहमसँग ३-२ ले पराजित भएपछि ब्रुजले क्लबका रहिरहने संभावना कम रहेको भन्दै आफ्नो भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन आग्रह गरेका थिए ।

ब्रुजले क्बलसँगको आपसी सहमतिमै सम्झौतामा पूर्ण बिराम लगाउने निर्णय भएको बताएका छन् । साउदी अरेबियन मालिकले क्लब स्वामित्व लिएको १३ दिनमै ब्रुज पदबाट हटेका हुन् । ब्रुजले नयाँ मालिकको आगमनसँगै क्लबले छिट्टै स्वाभाविक लय भेट्टाउने विश्वास व्यक्त गरेका छन् ।

न्यु क्यासलले ग्रामी जोन्सलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ । न्यु क्यासलले जारी सिजन प्रिमियर लिगमा कुनै पनि खेल जित्न सकेको छैन । आठ खेलमा २ अंक जोडेको न्यु क्यासल अन्तिम स्थानमा छ ।

ब्रुजलाई न्युक्यासलले सन् २०१९ जुलाईमा प्रशिक्षकमा नियुक्त गरेको थियो । पछिल्ला दुई सिजनमा न्यु क्यासलले १३औँ र १२औँ स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर