LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

किसानको लागी विशेष राहत प्याकेजकाे मांग- मुख्यमन्त्री राउत

टुडेवाणी, मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको हो ।

पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो । बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्नु हुँदै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो बाढीले धानबालीमा पुर्याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर