LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

किसानको लागी विशेष राहत प्याकेजकाे मांग- मुख्यमन्त्री राउत

टुडेवाणी, मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको हो ।

पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो । बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्नु हुँदै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो बाढीले धानबालीमा पुर्याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर