LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

पर्सा : जसपाले ४ वर्षदेखि घरभाडा भुक्तानी नगरेको आरोप लगाउँदै घरधनीले गुहारे स्थानीय प्रशासन

टुडेवाणी डेस्क,

जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिले करिब चार वर्षदेखि कार्यालय प्रयोजनका लागि लिएको घरको भाडा भुक्तानी नगरेको आरोप लगाउँदै घरबेटीले स्थानीय प्रशासन गुहारेका छन् । वीरगंजको मूर्लीमा रहेको घर भाडामा लिएबापत ४३ महिनादेखि भाडा भुक्तानी नगरेको भन्दै घरबेटीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।

 

घरबेटी बैजनाथ प्रसाद साहले भने, ‘विगत तीन वर्षदेखि विभिन्‍न नेता कार्यकर्ताहरुकहाँ धाउँदैछु, तै पनि घर भाडा नउठेपछि बाध्य भएर ४३ महिनाको घर भाडा तिराइदिन र घर खाली गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएको हुँ ।’

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ बस्ने बैजनाथ प्रसाद साहको बीरगंज मूर्लीस्थित घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ । प्रतिमहिना ८ हजार रुपैयाँको दरले विगत ४३ महिनादेखिको कोठा भाडा तीन लाख ४४ हजार रुपैयाँ भुक्तानी नगरेको घरबेटी साहले बताए । पटक–पटक मागे पनि भाडा नपाउँदा बाध्य भएर भाडा भुक्तानी गराएर कोठा खाली गराइदिन निवेदन दिएको साहले बताए ।

‘जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव र जिल्ला सचिव तबरेज अहमद भएदेखि नै पटक–पटक भाडा दिन आग्रह गरेको हो,’ उनले भने, ‘तर विगत ४३ महिनादेखि भाडा दिएका छैनन् ।’ जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले भने नयाँ ठाउँमा जिल्ला पार्टी कार्यालय सार्न लागेको भन्दै कार्यालय सार्नुअघि भाडा तिर्ने भनेर आफूले घरबेटीलाई जानकारी गराइसकेको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर