LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नागा चैतन्यसँगको सम्बन्ध बिच्छेद पछि चम्किदै सामान्थाको भाग्य !

टुडेवाणी डेस्क, काठमाडौँ : दक्षिण भारतीय फिल्मकी सर्वाधिक लोकप्रिय अभिनेत्रीमा पर्ने रश्मिका मन्दानाले फोर्ब्सको सूचीमा आफ्नो स्थान सुरक्षित गरेकी छन् । यो सूची अनुसार रश्मिका दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बनेकी छन् ।

उनले दक्षिण भारतकी अर्की लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुलाई पछाडि पारेकी छन् । फोर्ब्सले इन्स्टाग्राममा दक्षिण भारतको सर्वाधिक प्रभावशाली ३० सेलिब्रेटीको सूची सार्वजनिक गरेको थियो ।

 

यो सूची तयार पार्नका लागि फोर्ब्सले सेलिब्रेटीको इन्स्टाग्राम प्रोफाइलमा मिल्ने लाइक, कमेन्ट, इन्गेजमेन्ट रेट, औसत भिडियो भ्यूज र फलोअर्सको संख्यालाई आधार बनाएको थियो । कोरुज स्कोरले यी मापदण्डका आधारमा हरेक सेलिब्रेटीलाई १० बाट अंक दिएको थियो ।

जसमा रश्मिकाले ९ दशमलब ८८ अंक पाएकी थिइन । फिल्म ‘अर्जुन रेड्डी’ फेम अभिनेता विजय देवरकोण्डा ९ दशमलब ६७ अंकका साथ दोस्रो स्थानमा, ‘केजीएफ’ फेम अभिनेता यश ९ दशमलब ५४ अंकका साथ तेस्रो स्थानमा र ‘द फेमिली मेन २’ अभिनेत्री सामन्था रुथ प्रभु ९ दशमलब ४९ अंकका साथ चौथो स्थानमा र अभिनेता अल्लु अर्जुन ९ दशमलब ४६ अंकसहित पाँचौं स्थानमा छन् ।

फोर्ब्सले यो सूची तेलुगु, तमिल, मलयालम र कन्नड फिल्को सेलिब्रेटीलाई मिलाएर तयार पारेको हो । यसमा ३० सेप्टेम्बरसम्म सामाजिक सञ्जालमा रहेको पोस्टलाई सहभागी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर