LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

शाहरुखका छोरा आर्यनलाई ठूलो झटका, नछुट्ने भयो

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् ।

क्रुज ड्रग्स पार्टी केसका आरोपीत आर्यन् खानको जमानत याचिका फेरि खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ ।

 

तीनै जनालाई अहिलेको लागि जेलमा नै रहनु पर्ने भएको छ । आर्यनका वकिलले अब यस बम्बई उच्च अदालतको शरण लिनेछन्। २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् ।

मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो ।

एनसीबीको टोलीले मुम्बईबाट गोवा जाँदै गरेको क्रूज जहाजमा छापा मारेको थियो । उक्त पार्टीमा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि उपस्थित थिए। एनसीबीले आर्यन खानसहित ७ जनालाई हिरासतमा लिएको थियो र उनीहरुलाई घन्टौंसम्म सोधपुछ गरेको थियो।

आर्यन खान बिरुद्ध एनडीपीएस ऐनको धारा ८ (ग), २० (ख), २७ २८, २९ र ३५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एनसीबीले यस मामिलामा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ।

अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर