LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

शाहरुखका छोरा आर्यनलाई ठूलो झटका, नछुट्ने भयो

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् ।

क्रुज ड्रग्स पार्टी केसका आरोपीत आर्यन् खानको जमानत याचिका फेरि खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ ।

 

तीनै जनालाई अहिलेको लागि जेलमा नै रहनु पर्ने भएको छ । आर्यनका वकिलले अब यस बम्बई उच्च अदालतको शरण लिनेछन्। २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् ।

मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो ।

एनसीबीको टोलीले मुम्बईबाट गोवा जाँदै गरेको क्रूज जहाजमा छापा मारेको थियो । उक्त पार्टीमा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि उपस्थित थिए। एनसीबीले आर्यन खानसहित ७ जनालाई हिरासतमा लिएको थियो र उनीहरुलाई घन्टौंसम्म सोधपुछ गरेको थियो।

आर्यन खान बिरुद्ध एनडीपीएस ऐनको धारा ८ (ग), २० (ख), २७ २८, २९ र ३५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एनसीबीले यस मामिलामा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ।

अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर