LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

युट्युबमा भाइरल पुण्य गौतम नेकपा एसको केन्द्रीय सदस्य बने

टुडेवाणी डेस्क, काठमाडौँ :  फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा ‘भाइरल’ पुण्य गौतम नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य बनेका छन्।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिएका हुन्।

 

गौतमले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्वप्रधानमन्त्री क. माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु।’

यसअघि उनी एमालेनिकट थिए। परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली समेत समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर