LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

आजको राशिफल: २०८२ साल पुस २१ गते सोमबार, कस्तो छ त तपाईंको भाग्य?

काठमाडौं पुस २१ । आज २०८२ साल पुस २१ गते सोमबार, तदनुसार ५ जनवरी २०२६ । माघ कृष्ण पक्षको द्वितीया तिथि र गुरु गोविन्द सिंह जयन्ती । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको राशिफल यस प्रकार छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
​दिन सामान्य रहनेछ। व्यापारमा साथीभाइको सहयोगले सफलता मिल्नेछ। यद्यपि, बिचौलियाहरूका कारण धन खर्च हुन सक्ने भएकाले आर्थिक कारोबारमा सचेत रहनुहोला। स्वास्थ्यमा सुधार आउनेछ भने पारिवारिक सल्लाहमा अगाडि बढ्नु हितकर हुनेछ।

​वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
​शिक्षाको क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। बन्धुवान्धवबाट धोका हुन सक्ने भएकाले आफ्ना गोप्य योजनाहरू सुरक्षित राख्नुहोला। प्रेम सम्बन्धमा निकटता आउनेछ र साथीभाइको साथ पाइनेछ।

​मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
​आम्दानीका दृष्टिले आजको दिन महत्त्वपूर्ण छ। तर, बोली र व्यवहारमा सन्तुलन मिलाउन नसके साथीभाइ टाढिन सक्छन्। सरकारी कामकाजमा केही अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउनुहोला।

​कर्कट (ही, हू, हे, हो, डा, डि, डु, डे, डो)
​मनमा केही अस्थिरता महसुस भए पनि संकटको समयमा साथ दिने साथीहरूको कमी हुनेछैन। आफन्तबाटै चुनौती आउन सक्ने भएकाले सावधानी अपनाउनुहोला। धार्मिक यात्राको अवसर मिल्न सक्छ।

​सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
​आज धनलक्ष्मी योग परेकाले आर्थिक लाभको प्रवल सम्भावना छ। मनको अशान्ति हटाउन धार्मिक कार्यमा मन लगाउनुहोला। उत्तरतर्फको यात्रा आज नगर्नु नै राम्रो हुनेछ। परिवारको सल्लाहमा चल्दा थप फाइदा हुनेछ।

​कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
​आजको निर्णयले भविष्यमा राम्रो फल दिनेछ। राजनीतिक र सामाजिक सेवामा अवसर प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नुका साथै प्रेम सम्बन्ध अझ सुमधुर बन्नेछ।

​तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुलाई सानो सम्झिने बानीले आफैलाई घाटा पुऱ्याउन सक्छ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ ज्ञान मिल्नेछ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। शिक्षा क्षेत्रको लगानीले दीर्घकालीन लाभ दिनेछ।

​वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
​शिक्षा र शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। सरस्वतीको आरधनाले मनमा स्पष्टता र शान्ति ल्याउनेछ। साना कुराले मन चञ्चल भए पनि धार्मिक कार्यमा सहभागी हुनाले दिन सहज बन्नेछ।

​धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
​दिन सामान्य छ, मनमा केही अशान्ति हुन सक्छ। समाजमा हुन सक्ने नकारात्मक टिप्पणीलाई बेवास्ता गर्दै धैर्यताका साथ अघि बढ्नुहोला। स्वास्थ्य अवस्था राम्रो रहनेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ।

​मकर (भो,जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
​शैक्षिक क्षेत्रमा मिहिनेतको आवश्यकता छ, तर सफलता निश्चित छ। सरस्वतीको उपासनाले मनलाई एकाग्र बनाउनेछ। सहकर्मीहरूसँगको संयुक्त लगानीबाट राम्रो नाफा आर्जन हुने योग छ।

​कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
​हरेक क्षेत्रमा परिश्रम गर्नुपर्ने समय छ। रोकिएको धन उठाउन निकै कसरत गर्नुपर्ला। प्रेम सम्बन्ध र पारिवारिक वातावरण भने सुखद रहनेछ। मिहिनेतले नै भविष्यको मार्ग प्रशस्त गर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
​दिन सहज र उत्साहजनक रहनेछ। राज्यका तर्फबाट गरिने सेवा र कामले सम्मान दिलाउनेछ। परिवारको सुझाव र सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। सम्बन्धहरूमा निकटता आउनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर