LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

इन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिक

फागुन ०७,धनुषा। मधेस प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा २ हजार ३ सय ४९ जना पीडित भएको तथ्याङ्क अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले ०८१ फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले सन् २०२४ मा अभिलेख गरेको घटनामा मधेस प्रदेशमा २ हजार ३ सय ९९ जना पीडित भएको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र मधेस प्रदेशको मानव अधिकार अवस्था छलफल कार्यक्रममा उहाँले अभिलेखित घटनामध्ये राज्य पक्षबाट ११ जना महिला र ३९ जना पुरुष गरी ५० जना पीडित भएको उल्लेख गर्नु भयो । त्यस्तै अन्य पक्षबाट २ हजार २ सय २५ महिला र १ सय २४ जना पुरुष गरी २ हजार ३ सय ४९ जना पीडित भएको प्रतिवेदन उहाँले प्रस्तुत गर्नु भएको थियो ।

गएको वर्ष अर्थात सन् २०२३ मा राज्य पक्षबाट १५ महिला ६४ पुरुष गरी ६९ जना पीडित भएका थिए भने अन्य पक्षबाट ९ सय ७७ महिला र १ सय ३६ पुरुष गरी १ हजार १ सय १३ जना पीडित भएका थिए । गत वर्षको तुल्नामा सन् २०२४ मा राज्य पक्षबाट भएको घटनामा कमी आएपनि अन्य पक्षबाट भएको घटनामा वृद्धि भएको प्रदेश संयोजक पासवानको भनाई थियो ।

सन् २०२४ मा बालअधिकारका घटनामा १ सय ६२ बालिका र १८ बालक गरी १ सय ८० जना बालबालिका पीडित भए । जसमध्ये बलात्कार घटनामा १ सय ३१ बालिका, यौन दुव्र्यवहार घटनामा २२ बालिका र एक बालक, बचेविखन घटनामा ५ बालिका र ११ बालक, बालविवाह घटनामा ३ बालिका र एक बालक पीडित भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष आर्थात सन् २०२३ मा १ सय ५८ जना बालबालिका पीडित भएका थिए ।

सन् २०२४ मा महिला अधिकार घटनामा २ हजार २२ जना पीडित भए । जसमध्ये महिला बेचविखनका घटनामा ११ तथा प्रयासका घटनामा १, बलात्कार घटनामा ९८, बलात्कार प्रयासका घटनामा ६५, यौन दुव्र्यवहार घटनामा ६, दाइजो घटनामा १ सय ९१, घरेलु हिंसाका घटनामा १ हजार ५ सय ४७, बहुविवाहका घटनामा ६०, बोक्सी घटनामा १९ र साइवर अपराधका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा ६ सय ७६ जना महिला पीडित भएका थिए ।

परिवार जनबाटै सन् २०२४ मा मधेस प्रदेशमा १८ जना महिलाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा जातीय छुवाछुतका घटनामा ५ जना पीडित भएको प्रतिवेदनमा भनिएको छ ।
शारिरीक हिंसामा प्रतिविम्वित हुने मानव अधिकार उल्लंघनको समग्र सूचकांक (अंक) का आधारमा सन् २०२४ मा मधेस प्रदेश तेस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेश ६६.१८ सूचकांक मुल्यसहित सबैभन्दा उच्च स्थानमा छ भने दोस्रो स्थानमा लुम्बिनी प्रदेश ४१.८६ र तेस्रो स्थानमा मधेस प्रदेश ३७.१७ सुचकांक मूल्यसहित रहेको छ ।

मानव अधिकार उल्लंघनको समग्र सूचकांकको आधारमा मधेस तेस्रोमा रहेपनि मधेस प्रदेश तीन सूचक अपहरण, हत्या र धम्की को सन्दर्भमा पहिलो स्थानमा रहेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत आम जनमानस र सरोकारवाला निकाय समक्ष पस्कनु पनि ठूलो चुनौति रहेको उल्लेख गर्नु हुँदै यस चुनौतिलाई व्यवस्थापन गर्नु महत्वपूर्ण कार्य भएको बताउनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक नागरिककको मानव अधिकारको समीक्षा गर्दै अगाडि बढ्ने दस्तावेज भएको हुँदा यो पुस्तक महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।

नागरिकको वातावरणीय तथ्य तत्यांक अभिलेख गर्नु चुनौति रहेकोले वातावरणको सवाललाई इन्सेकले वर्ष पुस्तकमार्फत उठान गर्नु महत्वपूर्ण कार्य भएको उहाँले उल्लेख गर्नु भयो ।

सरकारबाट हुने मानव अधिकारको कार्य सम्पादन र मानव अधिकार घटना अभिलेखन कार्यले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुका साथै यसको व्यवस्थामा सरकारलाई झकझाउने काम गरेको उहाँले बताउनु भयो ।

मधेस प्रदेशमाा भेदभावका घटना अन्य प्रदेश भन्दा बढी भएको र पीडितले न्याय नपाउने गरेको जनगुनासो रहेको हुँदा पीडितको पीडा सम्बोधन हुने गरी सम्बन्धित न्यायिक निकायले कार्य सम्पादन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

मधेस प्रदेश खेल कुद ता समाज कल्यााण मन्त्रालयका उपसचिव देवकुमारी महिला हिंसाका घटना समाजमा लुकाउने प्रवृतिका कारण कतिपय महिला हिंसाका घटना बाहिर आउन नसकेको बताउनु भयो । जीवन निर्वाह गर्नका लागि मानव अधिकारका आधारभूत आवश्यकता सुनिश्चित हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले नेपालमा तीन तहको सरकारको संरचना भएपनि नागरिकले सहज रुपमा मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले इन्सेकले नागरिकको मानव अधिकारका सवाललाई उठान गर्दै सरकार र सम्बन्धित पक्षलाई मानव अधिकारप्रति उत्तरदायि बनाउने गरेको कार्य सराहनीय रहेको बताउनु भयो । नागरिकको वातावरणीय अधिकारका क्षेत्रमा पनि इन्सेकले अब कार्य गर्न वहाँले सुझाव दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर