टुडेवाणी,संवाददाता,भदौ २,धनुषा:-
बिहिबार दिउँसो धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित यात्रुबाहक बसले ठक्कर दिँदा एक बालकको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीका अनुसार दुर्घटनामा परी स्थानीय अन्दाजी बर्ष १२/१३ को बिशाल दासको मृत्यू भएको हो ।
बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित मिथिला चौकमा जनकपुरबाट नेपालगन्ज तर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते बालकको जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।