टुडेवाणी,डेस्क,साउन २३,धनुषा:
समाचार लेखेको भरमा धनुषामा एक पत्रकार माथी हमला भएको छ ।
रेपोर्टिङका क्रममा समाचार संकलन गरि प्रकाशन गरेको भन्दै पत्रकार मौसम झा माथी नगर पालिकाको कार्यकक्षमा कुटपिट तथा दुव्र्यवहार भएको छ ।
केही दिन अगाडि धनुषाको बिदेह नगरपालिकामा आर्थिक अनिनियमित्तता भएको खबर प्रशारण भए पश्चात् उनी माथी नियोजित रुपमा नगर प्रमुखले आक्रमण गरेको उनले समाजिक संजालमा जनाएका छन् ।
यता पत्राकारको सुरक्षा नभएको भन्दै पत्रकार झाको बारे सत्य तथ्य सर्बजनिक गरि दोषी माथी यथासिघ्र कार्बाही गर्न पत्रकारहरुले माग गरेका छन् ।