टुडेवाणी संवाददाता,असार १९,धनुषा:
अत्यन्त जरुरी सूचना धनुषा जिल्लाको मिथिला नगरपालिका वाडा नम्बर ८ कुसुम्बिछौना निबासी श्री नारायण महतो(लट्लु महराजी)को छोरा अन्दाजी बर्ष २२/२३ का मुकेश कुमार महतो गत असार१८ गते शनिबार बिहान ६/७ बजे देखि परिवारसंग खेतमा काम गर्न जान्छु भनेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बोल्न नसक्ने(लाटो) मुकेश,हिरो कम्पनीको सुपर स्पेलेन्डर १२५cc को मोटर साइकल सहित यहीं असार १८ गते बिहान ६/७ बजे देखि बेपत्ता भएको परिवार श्रोतले जनाएको छ ।
अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा निकै ठुलो पीडा भएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा निजको सम्पर्क नम्बर ९८१२००१५७८ र ९८१३९६८३६३ अथवा ९८१५८३३४२७ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।