LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

अस्पतालबाट रिहा भए केपी ओली, परिवारको जिम्मा लगाइयो

काठमाडौं, चैत्र २६– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।

प्रहरीका अनुसार ओलीको बाँकी निर्णय भने स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्नेछन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्यसयता त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

यसबीच ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। अदालतले तोकिएको समयभित्र अनुसन्धान टुंगिन नसके शर्तसहित रिहा गर्न पनि निर्देशन दिएको थियो।

प्रहरीले नियन्त्रणमुक्त गरेपछि उनलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर