LIVE NEWS
मधेश प्रदेशमा ‘अन्वेषी २०८२’ सार्वजनिक: १६ दिने अभियानमा लैंगिक हिंसासम्बन्धी चकित पार्ने तथ्यांक उजागरपूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटपिटको शिकार, बाटो विवादले चर्कियो तनावचितवन ‘हिट एन्ड रन’ का फरार चालक काठमाडौंमा पक्राउदेउवाको चेतावनी: ‘विशेष महाधिवेशनले कांग्रेस फुट्छ, म हेर्न सक्दिनँ’DSWCN का संस्थापक सुनिल ठाकुरलाई कर्मचारीद्वारा विशेष सम्मान, ‘जिरोबाट हिरो’ बनाउने नेतृत्वको प्रशंसाजनकपुरधाममा एकै समारोहमा ३५ जोडीको विवाह सुसम्पन्नराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले औपचारिक रूपमा पद र पार्टी दुवै गरे परित्याग

सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शन

जनकपुरधाम, मंसिर १८ ।धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शन गरेको छ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म बजार बन्द राख्दै प्रदर्शन गरेका हुन्।

यसअघि व्यापारीहरूले कालो झण्डा र कालोपट्टी बाँधेर पहिलो चरणको विरोध जनाएका थिए। सुनचाँदी बजारमा प्रहरीले छापा मार्दै करिब ७ किलो चाँदी नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।

व्यापारीहरूले प्रहरीमाथि लुटपाट र दमनको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्

प्रतिक्रिया
सम्बन्धित खवर