टुडेवाणी,संवाददाता,असोज ३,धनुषा । धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ रघुनाथपुरमा ५०जना भन्दा बढी नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
रघुनाथपुर निवासी एमालेका नेता स्वयब आलम लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्व मन्त्री मातृकाप्रसाद यादवले गमछा लगाएर माओवादीमा पार्टीमा प्रवेश गराएका हुन् ।