टुडेवाणी,डेस्क,असार १५,सप्तरी:
केही दिन यता निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।