टुडेवाणी संवाददाता,असार १३,रौटहट : रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको वेब सिरिज `आरती´ आशिष दासको निर्माणमा रोशन दासको कथालाई हिक्मत शर्मले लेखेका छन भने दासको निर्देशन र नितेश घतानले छाँयाकन गरिरहेका छन् ।
सिरिजमा अधिकांश नयाँ कलाकार छन्। राज पौडेल, गीता श्री, नूतन, निशा गिरी, हरि कंडेल, खेमराज कोइराला, को अभिनय हेर्न सकिन्छ साथै भोजपुरी कलाकारको पनि अभिनय हेर्न पाईनेछ ।
निर्देशक दास भन्छन् – वर्तमान समयसंग मेलखाने विषयवस्तु भएकाले उत्साहित छु, साथै सामाजिक कथा भएकाले सबैले मन पराउनुहुन्छ भन्ने अपेक्षा छ।