टुडेवाणी संवाददाता,असार १३,कैलाली :
जिल्लाको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरि लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
भारतको हरियाणाका सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरूलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।