LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

सडक दुर्घटनामा छोरा गुमाएका बुबालाई प्रवासी कुशबाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग ।।।

महेश सिंह,सिरहा लहान, ८ असार –सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ का राम सेवक महतोको करिब २१ बर्ष छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसि जानकी नगर स्थित ट्रयाकटर दुर्घटनामा परेर बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे।

मृतको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१,०००/- हजार सहयोग गरेका छन्।पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनु भयो।

सानै उमेर देखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सम्मान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी पल्टीदा महतोलाई घटना स्थलमै मृत्यु भएको थियो।

पीडित महतोलाई घरको ३सन्तान मध्ये जेठो छोरा रहेको थियोे। पीडित महतोलाई २छोरा मध्ये १ छोरा र १ छोरी छिन्।घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए।

घरको जेठो छोरा गुमाए पछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन हुने गरेका छन्। पुत्र शोकमा रहेका महतोलाई आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर