LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

असार मसान्तभित्र सार्वजनिक गरिँदै,एसइई नतिजा।।।

टुडेवाणी,डेस्क,७ असार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताउनुभयो । “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ । ” उहाँले भन्नुभयो ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो ।गोठालो खबर

प्रतिक्रिया
सम्बन्धित खवर