टुडेवाणी,संवाददाता,असार २ खोटाङ:
खोटाङजिल्लाको हलेसी तुवाचुङ नगरपालिका वाडा नम्बर १० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन्।
अध्यक्ष अर्जुन कुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका छन।
‘महिला वडा सचिवबाट असजिलो हुने कारणले यस वडामा पुरुष सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति ०७९ जेठ ३० गतेको वडा समिति बैठकले निर्णय गरेका छन् ।’
‘लोक सेवा आयोग पास गरेर आएका कर्मचारीलाई महिला भएकै कारण अयोग्य भन्ने अधिकार कसैलाई पनि छैन। जसरी जनताबाट निर्वाचित वडाध्यक्षलाई कमजोर भन्दै फिर्ता गर्न मिल्दैन, त्यसैगरी लोक सेवा आयोग पास गरेको महिला कर्मचारीलाई पनि जनप्रतिनिधिले अयोग्य भनेर फिर्ता गर्न मिल्दैन’महिला होस या पुरुष सबै मानिस सबै कुरामा अब्बल हुँदैनन् । पुरुषले मात्र उत्कृष्ट कार्यालय सञ्चालन गर्न सक्छन् भनेर सोच्नु त्यो एउटा विशुद्ध पितृसत्तात्मक सोच मात्र हो ।
महिलाको थुप्रै समस्या छन् ,किनभने, आमा बन्नु र बच्चा हुर्काउनु श्रृष्टि धान्नु पनि हो ।
वडा अध्यक्ष पुरीले पनि पुरुष नै वडा सचिव माग गरेको स्वीकार गरे।
उनले भने, ‘हाम्रो वडा ठूलो पनि छ,नवलपुर अलिक टाढा छ। त्यहाँ गएर हप्ताको एक दिन सेवा सुविधा दिने भनेर हामीले निर्णय गरेका छौं। उहाँको बच्चा पनि सानो भएको कारणले हेरबिचार गरिपाउँ भनेको हो।’