टुडेवाणी,सलिना मगर,जेष्ठ ३१,सर्लाही:
२०७९/०२/२७ गते दिउँसो करिब ०१:०० बजे बरहथवा-७ का राकेश मण्डलको पार्किङ गरी राखेको अवस्थामा प्र-२ ०३-००५-०८७२ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
चोरीमा संलग्न रौतहटको गढिमाई नगरपालिका-९ बस्ने २० वर्षीय आकाश चौधरीलाई चोरीको भएको मोटरसाइकल डोर्याउँदै गर्दा टोलीले नियन्त्रणमा लिएको हो।
उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ।