LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

जिसस पर्साको सभापति चौरसिया को उमेदवारी किन?

टुडेवाणी,संवाददाता,जेष्ठ २६,वीरगंज, पर्सा:
यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचन मा सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । भने नेपाली कांग्रेसबाट उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको छ।

सरोज चौरसिया नेपाली कांग्रेस को भातृ संगठन को नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस बाट राजनीतिक सुरु गर्दै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाको जिल्ला समन्वय समिति पर्सा को सभापतिमा उम्मेद्वारी परेपछि कांग्रेसका युवानेताहरु उत्साहित छन् ।

पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा चिरपरिचित समेत छन् ।

सरोज चौरसिया सक्रिय सामाजिक अभियन्ता का रुपमा पर्सेली जनताहरू को चिरपरिचित ब्यत्कितित्व हुन।

सरोज चौरसिया ले करिब १५ वर्ष विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् ।

पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दानरहेको छ । उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्लाको संयोजक समेत भएर ४ वर्ष काम गरेकसछन ।

युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा दिसा पिसाब नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो ।

खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि सरोज चौरसिया ले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर