टुडेवाणी,संवाददाता,जेष्ठ २६,सर्लाही :
बुधबार साँझ सर्लाहीकाे ईश्वरपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
ईश्वरपुर-७, पोखरीटोल स्थित स्कट एण्ड स्कट बियर उद्योगमा काम गरिएको बेला अचानक करेन्ट लागेर एक ब्यक्ति गम्भीर घाइते भएका थिए। इलाका प्रहरी कार्यालय ईश्वरपुरका अनुसार मृत्यु हुनेमा ईश्वरपुर-९, रामनगरका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन्।
उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो।
मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरी जनाएको छ।