टुडेवाणी,डेस्क,जेष्ठ २४,धनुषा ।
जसको सवाल उसकै नेतृत्व मूल र्ममका साथ मिति २०७९जेष्ठ २० गते शुक्रवार देखि २२ गते आइतवार सम्म धनुषा जिल्लामा जानकी महिला संजाल,धनुषाको आयोजना तथा द गर्ल फस्ट फन्डको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण अभियान अन्तर्गत सडक नाटक सम्पन्न भएको छ ।
आफ्नो कार्यक्षेत्र अन्तगर्तका ग्रामीण भेगका ६ वटा किशोरी क्लबका सदस्य किशोरीहरुलाई प्रशिक्षित गरि बालविवाह तथा दाइजो प्रथा विरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ , क्रमशः जनकपुरधाम उपमहानगरपालिका वडा नं.१८ महुवा र भोइल , लक्ष्मीनिया गाउँपालिका वडा नं.२ सिग्डजोडा र वडा नं.७ भगवतीपुर साथै नगराइन नगरपालिका वडा नं.२ राघोपुर र जटहीमा जनचेतनामुलक सडक नाटक सम्पन्न भएको छ ।
सडक नाटकले लगभग दशै हजार ग्रामीण समुदायमा जनचेतना फैलाउन सफल भएको छ ।
नाटक बेटी शिर्षकलाई केन्द्र विन्दु बनाई प्रसिद्ध कलाकार कृष्ण कुमार महतोले निर्देशन गरेको छ ,भने नाटकमा खास गरि आफ्नैै समस्याको लागि आफै नेतृत्व लिइ समुदायमा जनचेतना फैलाउने कार्यमा किशोरीहरु अग्रसर भएको पाइन्छ ।
यस अभियानमा स्मञ्जु मण्डल,चञ्चला यादव,लक्ष्मी ठाकुर,जानवी राई,रिका यादव,अमिरा सदा,अन्जिना कुमारी मण्डल,संगिता कुमारी मण्डल,मनिषा कुमारी मण्डल,प्रतिभा यादव,ललिता यादव,खुस्बु खातुन,प्रियांक साह लगायत का सकृय सदस्यहरु सभागिता रहेको थियो ।
यस समाजमा बालविवाह तथा दाइजो प्रथा कम हुने आशा गरिएको कुरा परियोजना संयोजक देव कुमार महतोले जानकारी दिएका छन् ।