सलिना मगर, जेष्ठ १३,सर्लाही :
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका नव निर्वाचित पालिका अध्यक्ष राजकुमार महतो पदभार ग्रहण गर्दै ऐतिहासिक निर्णय गरेको छ ।
तराई मधेसमा विधमान रहेको बालविवाहलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि दस जोड दुई पुरा गरि २० बर्ष पारी विवाह गर्ने छोरीलाई सम्मान स्वरुप पचास हजार दिने चन्द्रनगर गाउँपालिकाले गरे पहिलो निर्णय गरेको हो ।
चन्द्रनगर गाउँपालिकामा बर्सेनि ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गरि छोरीलाई बोझ भन्दा अवसरको रुपमा ग्रहण गरि शिक्षाको मुलधारमा ल्याई आफ्नो खुट्टामा आफै उभिन उक्त निर्णय गरेको अध्यक्ष राजकुमार महतोले बताए ।
अध्यक्ष राजकुमार महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डोर्याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले बताए ।