सलिना मगर,जेष्ठ १२,सर्लाही :
आज दिउँसो १ बजेतिर जिल्लाको दक्षिणी विष्णु गाउँपालिका-६, सिमरा बस्ने लालबाबु महतो कुशवाहाले आफ्नो करेसा बारीमा लगाएको विद्युतीय करेन्ट तारमा परेर सोही ठाउँका ३६ वर्षीय शैलेन्द्र रामको घटनास्थलमै मृत्यु भएको हो।
मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ।