LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

विद्यार्थी बलात्कार गरेको अभियोगमा एक जाना पक्राउ

टुडेवाणी,डेस्क,जेष्ठ १२,काठमाडौं :पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कूलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका( १३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

जानकारी अनुसार उपचारका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई बलात्कार गरेका थिए । साथै पछि स्कुलबाट रेस्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको खड्कामाथि आरोप छ ।

केही समय अगाडि मात्रै काठमाडौंमा ब्यूटी प्याजेन्टको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । सोही क्रममा इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर