टुडेवाणी,डेस्क,जेष्ठ १२,धनुषा :वर्तमान कुनै पदीय हैसियतामा नरहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिएको थियो।
त्यसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री निधिलाई नेपाली कांग्रेस पक्षले राखेको छ ।