टुडेवाणी,डेस्क,जेष्ठ १२,सर्लाही:
सर्लाही प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा माओवादीबाट निर्वाचित भरत थापा र उपमेयर लिला मोक्तानले बुधबार दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुभएको छ।
निर्वाचित मेयर भरतकुमार थापाले अघिल्लो कार्यकालमा १२१ बिघामा ताल बनाइ आन्तरिक आम्दानी बढाउने भूमिका खेलेका थिए । जुन भरत तालका नामले यतिबेला चर्चित छ ।
सबैजसो वडामा पक्की कालोपत्रे बाटो बनाएका छन् । मेयर थापाले नेतृत्व गरेको यो पालिका शिक्षा, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सुशासनका दृष्टिले उत्कृष्ट मानिन्छ ।
बहुसंख्यक वडाध्यक्ष पनि नेकपा मावोवादी केन्द्रबाटै दोहोरिएका छन् ।प्रमुख पदमा माओवादी केन्द्रका भरतकुमार थापाले नेपाली कांग्रेसका सुरजकुमार सुवेदीलाई पराजित गदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
विजयी थापाले ११ हजार तीन सय ५७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमाले तर्फका उम्मेदवार (टंकबहादुर बस्नेत)ले ७ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको थियो।
यस्तै, उपप्रमुख पदमा निर्वाचित लीलाकुमारी माेक्तान विजयी भएकी छन् । मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गरी उपप्रमुख पदमा निर्वाचित भएकी हुन् ।